+
+
Shares

धुम्बाराहीबाट १५ किलो नक्कली चाँदीसहित सुन व्यवसायी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १२:०२

१७ असोज,काठमाडौं । प्रहरीले १५ किलो नक्कली चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भइ महालक्ष्मी–११, इमाडोल बस्दै आएका ३३ वर्षीय राज सापकोटा छन् ।

महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार सक्कली चाँदी भनेर बेच्न लागेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको हो ।

उनका अनुसार सापकोटाले इमाडोलमा तिलहरि ज्वेलर्स सञ्चालक गर्दै आएका छन् । पीडितको उजुरीपछि सापकोटालाई धुम्बाराहीबाट पक्राउ गरेर अनुसन्धान थालिएको लम्सालले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?