Comments Add Comment

हामी छुच्चो छौं, तितो बोल्छौंः दीपाश्री

निर्देशक दीपाश्री निरौला र उनको टिमलाई छुच्चो भन्नेहरु बढेका छन् । विशेषगरि, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला चलचित्र क्षेत्रमा देखिएको विकृतीको बिषयमा कडा रुपमा नै प्रस्तुत भैरहेका छन् । कलाकार दीपकराज गिरीले त अनसन नै बस्न सक्ने संकेत दिइसकेका छन् ।

असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’मा सहयोगी निर्देशकको रुपमा देखिएकी दीपाश्री भन्छिन्–‘हो, हाम्रो टिम छुच्चो छ । हामी कडा नै बोल्छौ ।’ उनका अनुसार, अरुलाई जनचेतना जगाउने मानिस आफ्नै क्षेत्रको विकृतीको बिषयमा टुलुटुलु हेरेर बस्न सक्दैन । उनी भन्छिन्–‘हामी नबोलेर को बोल्ने ? अहिले त एक्लै बोलिरहेका छौ । तर, महाभारतमा पनि त्यती धेरै योद्धा हुँदा बोल्ने त एकजना कृष्ण मात्र थिए नी ।’

दीपाश्रीले आफ्नो टिमलाई कृष्णको संज्ञा दिदै भनिन्–‘कोही न कोहीले त यो क्षेत्रको विकृतीको बिषयमा बोल्नैपर्छ । अरुलाई सचेत गराउनैपर्छ ।’ असोज २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छ माया छपक्कै’ अघिल्लो चलचित्र ‘छक्का पन्जा’को निरन्तरता नभएको उनको भनाई छ । उनले भनिन्–‘कलाकार उही भएपनि हामीले प्रस्तुती र कथावस्तुमा फरक गरेका छौ । गीत पनि नयाँ शैलीको ल्याएका छौ ।’

यसपटक, चलचित्रमा कमेडी मात्र नभएको उनको तर्क छ । कमेडीसँगै सामाजिक बिषयवस्तुलाई पनि उठाइएकाले उनले ‘छ माया छपक्कै’लाई एउटा प्रयोग समेत भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment