+
+
Shares

अमेरिकी राजदूतको स्पष्टीकरण : इन्डो–प्यासिफिकमा नेपाललाई तान्न खोजेका छैनौं

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १३:५४

१७ असार, काठमाडौं । अमेरिकी राजदूत र्‍याण्डी बेरीले इन्डो–प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी गराउन आफूहरुले प्रयास नगरेको दाबी गरेका छन् ।

नेपालका लागि अमेरिकी राजदूत बेरीले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग भेटेर आफ्नो मुलुकले अघि सारेको इन्डो–प्यासिफिक रणनीति अन्य देशमा सैन्य गतिविधि वा राजनीतिक गतिविधि अघि बढाउन नभएको समेत बताए । ‘‘इन्डो–प्यासिफिक रणनीति कुनै सैन्य संगठन होइन । यो कुनै राजनीतिक मोर्चा पनि होइन,’ अमेरिकी राजूदत बेरीसँग भनाइ उधृत गर्दै वरिष्ठ नेता खनालले भने, ‘हामी नेपाललाई यसमा ल्याउन वा तान्न प्रयत्न गरिरहेका छैनौं भन्नुभयो ।’

पूर्वप्रधानमन्त्री समेत रहेको खनालले भेट्न राजदूत बेरी डल्लुस्थित निवासमा पुगेका थिए ।

भेटमा खनालले भने नेपालले असंलग्नताको नीति लिएको स्मरण गर्दै त्यस्ता रणनीतिक साझेदारीहरुमा तटस्थताको भूमिका निर्वाह गर्ने बताएका छन् । राजदूत बेरीसँग दुई देशबीचको सम्बन्धबारे पनि कुराकानी भएको उनले जानकारी दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?