Comments Add Comment

अस्ट्रेलियन सिनेटर भन्छन्– नेपाली समुदायको आवाज क्यानबेरा पुर्‍याउँछु

सिड्नी/ अस्ट्रेलियाका राजनीतिज्ञहरुले यहाको नेपाली समाजसंग छलफल सुरु गरेका छन् । बिहीबार सिनेटर एन्ड्रु ब्रागले आफ्नै कार्यकक्षमा बोलाएर नेपाली समुदायका नेताहरुसँग अन्तरक्रिया गरे ।

अस्ट्रेलियाको पछिल्लो संघिय चुनावमा लिबरल पार्टीका उम्मेदवार बनेका नेपाली मुलका युबा प्रमेज श्रेष्ठको समन्न्वोयमा भएको अन्तरक्रियामा सिनेटर एन्ड्रुले भने – अस्ट्रेलियाको नेपाली समाज के चाहन्छ भन्ने कुरा तपाइँहरुसंग सोधेर म क्यानबेरामा उठाउने छु ।

बिहिबारको अन्तरक्रियामा सिनेटर एन्ड्रुले थपे – न्यु साउथ वेल्सको बहुसाँस्कृतिक समाजको बलियो समर्थकका रुपमा म ती समाजका बिशेष चासोहरू प्रति गम्भीर छु । उनले आफ्नो कार्यकालमा आफू लगातार रुपमा नेपाली अस्ट्रेलियन समाज र यसका नेताहरुसँग सम्पर्कमा रहने इच्छा रहेको बताए ।

अन्य बहुसाँस्कृतिक समुदाय जस्तै अस्ट्रेलियन नेपाली समाजको आवाज पनि क्यानबेरामा सुनिन महत्वपूर्ण छ भन्दै उनले भने – अस्ट्रेलियन नेपालीहरुले पनि अस्ट्रेलियाको विकासमा महत्वपूर्ण योगदान गरेकाले पहिचानका लागि योग्य भएको छ ।

यो बैठकको समन्वय गरेका अस्ट्रेलियन नेपाली युवा राजनीतिज्ञ प्रमेज श्रेष्ठले भने – सिनेटर एन्ड्रु अस्ट्रेलियाको नेपाली समुदायलाई निकै माया गर्ने नेता पनि भएकाले उनीमार्फत नेपाली आवाज क्यानबेरासम्म पुग्ने विश्वास गरेकाछौं ।

इन्ड्रु ब्राग २०१९ मा पहिलो पटक संघीय संसदमा पुगेका ३५ वर्षीय युवा हुन् । उनी अस्ट्रेलियाका ठूला संचार मध्यममा आर्थिक, ब्यापार तथा पररास्ट्र मामिलामा लेखहरु लेख्छन् ।

फुटबल र गल्फ खेल्न तथा फिसिंग गर्न रुचाउने उनी २०१७ को लेबरल र नेशनलको समलैंगिक विवाहको समर्थन सम्बन्धी अभियानको निर्देशक पनि थिए ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रथम अध्यक्ष मन केसीले अस्ट्रेलियन नेपाली समाजका बिशेषताबारे ब्याख्या गर्दै सिनेटर एन्ड्रुलाई सुझाव दिए – गत चुनाव ताका अस्ट्रेलियन सरकारले नेपाली सामुदायिक भवन बनाउन सहयोग गर्ने बाचा पूरा गर्न , एनआरएनलाई च्यारिटेबल सँस्थाको मान्यता दिन पहल गर्न र नेपाल तथा अस्ट्रेलिया दुई देशबीच दोहोरो कर हटाउनेबारे पहल गर्न हाम्रो अनुरोध छ ।

अस्ट्रेलियामा क्रियाशील नेपाली कानून ब्यबसायी भरत पोखरेलको सुझाव थियो – नेपाली समुदाय पनि नयाँ आप्रवासी समुदाय भएकाले यहाँको कतिपय नीति नियम र एन कानून नबुझ्दा समस्या बेहोरिरहेकोले संघीय सरकारले समुदायमा आधारित कानुनी सचेतना अभियान संचालन गर्नु पर्दछ । उनले त्यस्तो भएमा नयाँ समुदाय आफ्नो अधिकारबारे सचेत हुने र कानूनी समस्याहरुमा नपर्ने राय पनि ब्यक्त गरे ।

गैरआवासीय नेपाली संघकि पूर्व प्रबक्ता रन्जु वाग्लको सुझाव थियो – नेपाली भाषालाई अस्ट्रेलियाका बिभिन्न क्षेत्रमा मान्यता दिन संघीय नीति निर्माण गर्नु पर्दछ ।

युनिभर्सिटी अफ न्यू साउथ वेल्सका एसोसिएट प्रोफेसर डाक्टर कृष्णकुमार श्रेष्ठले अनलाइनखबरसंग कुरा गर्दै भने – सिनेटर एन्ड्रुको नेपाली समुदासंग सहकार्य गर्ने प्रतिबद्दतालाई हामीले सम्मान गर्नु पर्छ ।

उनले एन्ड्रु , प्रमेज जस्ता युवा अस्ट्रेलियन राजनीतिज्ञहरुले अस्ट्रेलियाले दक्षिण एसियाका देशहरुसँगको सम्बन्ध तथा त्यहाँबाट अस्ट्रेलियामा बसाइ सरेको समुदायको हितमा दीर्घकालीनरुपमा काम गर्न हिमालयन थिंक ट्यांक निर्माण गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment