Comments Add Comment

सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या

१७ असोज, विराटनगर । निजामती कर्मचारीले सप्तकोशी नदीमा हाम्फालेर आत्महत्या गरेका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय विराटनगरमा कार्यरत नापी सर्भेयर राजेशकुमार साहले हाम्फालेर आत्महत्या गरेका हुन् ।

साहले आत्महत्या गर्नुको कारण आफ्ना दुई साझेेदार भएको सुसाइट नोटमा उल्लेख गरेका छन् ।

बुधबार कार्यालय नआएका साहले साँझ कोशी नदीमा हाम्फालेर आत्महत्या गरेका थिए ।

कोशी पुलमा उनको को २२ प ६९६५ नम्बरको मोटरसाइकलमा परिचय पत्रसँगै सुसाइड नोट भेटिएको छ ।

एकलाइनको सुसाइट नोटमा आफ्ना साझेदारका कारण आत्महत्या गरेको लेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माले बताए । नोटमा साझेदार साथीको नाम भने उल्लेख नभएको उनले बताए ।

सुनसरी इनरुवा स्थायी घर भएका साहले तीन जनासँग मिलेर इनरुवामा प्लाइउड फ्याक्ट्री चलाएको पाइएको छ । व्यावसायमा खटपट आएको हुनसक्न आशंका छ ।

तर मृतकका आफन्तले भने शुक्रबारसम्म अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment