Comments Add Comment

महराले फिर्ता गरे सरकारी सुविधा, डेरा खोज्दै

१६ असोज, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् ।

महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको बताए । महराको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी खटिएका थिए ।

गाडी भने संसद सचिवालयको सवारी शाखालाई बुझाइएको मल्लले जानकारी दिए । सभामुखको हैसियतमा महराले बा २ झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । उक्त गाडीलाई बिहीबार दिउँसो संसद सचिवालयअन्तर्गतको सवारी शाखालाई बुझाएको जनाइएको छ ।

संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महराले राजीनामा दिएका थिए ।

महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोज्दै गरेको महराका सञ्चारविज्ञ मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment