Comments Add Comment

रामबाबु भन्छन्–‘हो हामीले ब्रान्डको ब्याज खायौं’

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’का निर्देशक रामबाबु गुरुङले तेश्रो सिरिजसम्म आइपुग्दा यसको ब्रान्डको ब्याज खाएको बताएका छन् । रामबाबुले चलचित्रको तेश्रो सिरिजमा समिक्षक र दर्शकले दिएका सुझावहरु सही भएको समेत स्विकार गरेका छन् । रामबाबुले भने–‘हो, हामीले ब्याज नै खाएका हौं । यसपटक हामी धेरै ठाउँमा चुक्यौं । विभिन्न अप्ठ्याराका विचमा जती बनाउन सक्यौं, त्यती बनायौं । हामीलाई छायांकनका क्रममा नै हामी कहाँ कहाँ चुक्दैछौ भन्ने थाहा थियो ।’

रामबाबुले यसपटक कथाको काम गर्दा कहिले लेखक उपेन्द्र सुब्बाले समय दिन नपाएको त कहिले आफूले समय दिन नपाएकाले पनि यस्तो भएको स्विकार गरे । तर, उनले ‘कबड्डी ४’मा भने यस्तो नहुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने–‘कबड्डी ४ बनाउने कुरा त पक्का छ । तर, यसपटक कसरी कथालाई अगाडि बढाउने भन्ने फाइनल गरिसकेका छैनौ ।’

उनले ‘कबड्डी कबड्डी कबड्डी’मा भएका कमजोरी सच्चाएर चौथो सिरिज बनाउने समेत बताए । रामबाबुले यसपटक चलचित्रलाई दोहोर्याएर दर्शकले नहेरेको आफूले पाएको पनि स्विकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment