Comments Add Comment

लागूऔषधविरुद्ध ‘कभवेभ ब्यान्ड’ को कन्सर्ट

‘से नो टु ड्रग्स’ मुल नाराका साथ भापाको झिलझिलेमा वृहत सांगितिक कन्सर्टको आयोजना हुने भएको छ । समाजसेवी क्लबको आयोजनामा आगामी ८ कात्तिकमा तिहारको अवसर पारेर कन्सर्ट आयोजना हुने भएको हो ।

शुक्रबारमा झिलझिलेमा पत्रकार सम्मेलन गरेर लागूऔषध दुर्व्यसन न्यूनिकरण अभियान सञ्चालनका लागि सहयोगार्थ कन्सर्ट आयोजना गर्ने निर्णय गरिएको कार्यक्रम संयोजक दिपेन लिम्बूले बताए ।

प्रत्येक वर्ष झिलझिलेमा हुँदै आएको कन्सर्टको यो ११ औं संस्करण हो । शिवसताक्षीमा नगरमा आयोजना हुने कन्सर्टले नगरमा रहेका सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरीको पर्यटन प्रबर्द्धनमा समेत सघाउने विश्वास आयोजकको छ ।

आयोजक समितिका ब्रिजेश गिरीका अनुसार कन्सर्टमा नेपालको लोकप्रिय ब्यान्ड कभवेभ, धरानको आउटसाइडर ब्यान्ड र स्थानिय दि लिजार्ड ब्यान्डले प्रस्तुति दिनेछन् ।

कन्सर्टमा कभवेभ ब्यान्डले आफ्ना हिट गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment