+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘कबड्डी कबड्डी कबड्डी’को व्यापार ११ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १७ गते १८:०१

असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रको टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ ।
पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको चलचित्रले १४ दिनमा ११ करोडको व्यापार गर्दै चलचित्र ‘कोहिनुर’को १० करोड हारहारीको व्यापारलाई उछिनेको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रले काठमाण्डौमा ६ करोडको हारहारीमा व्यापार गरेको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार ५ करोड छ । चलचित्र अझै पनि केही हलमा चलिरहेको र दशैंको बिदा भएकाले व्यापार उच्च हुने अपेक्षा यसका निर्माताको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । योसँगै हालसम्म यो बर्षकै सर्वाधिक व्यापार गर्ने चलचित्र समेत ‘कबड्डी कबड्डी कबड्डी’ बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?