Comments Add Comment

‘कबड्डी कबड्डी कबड्डी’को व्यापार ११ करोड

असोज ३ गतेबाट रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी’को निर्माणपक्षले १४ दिनको व्यापारिक रिपोर्ट सार्वजनिक गरेको छ । चलचित्रको टिमले सार्वजनिक गरेको रिपोर्ट अनुसार, यो चलचित्रले असोज १६ गतेसम्म ११ करोड ३ लाखको ग्रस व्यापार गरेको छ ।
पहिलो साता ७ करोड भन्दा माथिको ग्रस कलेक्शन गरेको चलचित्रले १४ दिनमा ११ करोडको व्यापार गर्दै चलचित्र ‘कोहिनुर’को १० करोड हारहारीको व्यापारलाई उछिनेको छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार, यो चलचित्रले काठमाण्डौमा ६ करोडको हारहारीमा व्यापार गरेको छ । काठमाण्डौ बाहिर चलचित्रको व्यापार ५ करोड छ । चलचित्र अझै पनि केही हलमा चलिरहेको र दशैंको बिदा भएकाले व्यापार उच्च हुने अपेक्षा यसका निर्माताको छ ।

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । योसँगै हालसम्म यो बर्षकै सर्वाधिक व्यापार गर्ने चलचित्र समेत ‘कबड्डी कबड्डी कबड्डी’ बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment