Comments Add Comment

कटुवा पेस्तोलसहित जनकपुरमा एक जना पक्राउ

१७ असोज, जनकपुरधाम । जनकपुरधाम उप-मानगरपालिकाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

उप-महानगरपालिका १४ मुजेलियाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ । पक्राउ पर्ने महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ९ बस्ने आनन्द पाठक छन् ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम र वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको संयुक्त गस्ती टोलीले पाठकलाई हतियारसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment