Comments Add Comment

अन्तर्राष्ट्रिय समुदायले भन्योः यौन हिंसाका घटनाको निष्पक्ष अनुसन्धान होस्

१७ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघ र छवटा पश्चिमा देशका दूतावासले नेपालमा महिला हिंसाको घटनाहरुको संख्या बढेको भन्दै चासो व्यक्त गरेका छन् ।

निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको बेला अन्तर्राष्ट्रिय समुदायले पीडितलाई अन्तर्राष्ट्रिय कानुनअनुसार न्याय सुनिश्चितता गर्न पनि आग्रह गरेका हुन् ।

नेपालस्थित राष्ट्रसंघसँगै युके, फ्रान्स, अस्ट्रेलिया, फिनल्यान्ड, नर्वे र स्वीट्जरल्यान्डको दूताबासले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै पीडितलाई न्यायमा पहुँच दिने, पीडितको पक्षमा उभिने र लिंगको आधारमा हुने हिंसामा शुन्य सहनशीलता अपनाउने जिम्मेवारी सरकारको भएको स्मरण गराएका छन् ।

निर्मला पन्त प्रकरणबारे उल्लेख गरिएको विज्ञप्तिमा महरा प्रकरणबारे भने केही उल्लेख गरिएको छैन ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा महिलाविरुद्ध हुने सबै प्रकारको हिंसालाई अन्त्य गर्ने अभिसन्धिअनुसार नेपाल सरकारले सबै आरोपहरुको चाँडो, पूर्ण तथा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनीहरूको जोड छ ।

महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्ने समितिको ३५ नम्बर सिफारिस कार्यान्वयन गर्न समेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment