Comments Add Comment

स्यालको टोकाइबाट सप्तरीका आधा दर्जन बढी घाइते

१८ असोज, सप्तरी । जंगल क्षेत्रबाट आएको स्यालले टोक्दा सप्तरीको खड्ग नगरपालिकाका आधा दर्जन बढी व्यक्ति घाइते भएका छन् ।

खड्ग नगरपालिका–११ स्थित लालपुरमा शुक्रबार राति प्रवेश गरेको स्यालको टोकाइबाट आधा दर्जन गाउँले घाइते भएका हुन् ।

स्यालको टोकाइबाट घाइते हुनेहरूमा ४० वर्षीया गुलावी देवी रौनियार, २५ वर्षीय अमेरिकादेवी साह, ८ वर्षीय गोविन्द साहदथाष्त छन् ।

घाइतेहरुको कल्याणपुरस्थित नीजि अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment