+
+
Shares

सरकारलाई ध्यानाकर्षण गराउन कांग्रेसले बोलायो विशेष बैठक

बैठकलगत्तै सभापतिले धारणा राख्ने

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १४ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गराउन भोलि दिउँसो १ बजे सानेपामा विशेष बैठक बोलाएको छ।
  • बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन्।
  • बैठकपछि सभापति थापाले समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम छ, जसमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।

१४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेष बैठक बोलाएको छ ।

भोलि (आइतबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

पछिल्ला समसामयिक घटनाक्रमबारे सरकारलाई ध्यानाकर्षण गर्नका लागि कांग्रेसको विशेष बैठक बोलाएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्री मात्रै सहभागी हुनेछन् ।

बैठकले सरकारलाई समसामयिक विषयमा ध्यानाकर्षण गराउने बताइएको छ ।

बैठक लगत्तै समसामयिक विषयमा पार्टी सभापति थापाले धारणा राख्नेछन् । सभापति थापाले धारणा राख्ने कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी हुने ती पदाधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?