Comments Add Comment

विप्लव समूहले लुकाएको विष्फोटक पदार्थ बरामद

Photo Credit : हरि अधिकारी/अनलाइनखबर

१८ असोज, काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले मोरङमा भण्डारण गरेर राखेको विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले चलाएको अपरेशनका क्रममा ४३ वटा जिलेटिन बरामद भएको हो ।

मोरङ प्रहरीका डीएसपी राजकुमार खिउजुले विष्फोटक पदार्थसहित समूहका मोरङ सेक्रेटरी कुमार खतिवडा र अर्का एक जनालाई पक्राउ गरिएको बताए ।

उनका अनुसार प्रहरीले समूहले तयार पारेको सहयोग रसिद र अन्य केही महत्वपूर्ण दस्तावेज पनि बरामद भएको छ ।

यसअघि १२ साउनमा झापाको इलाका प्रहरी कार्यालय, विर्तामोडले झापामा विप्लव समूहले विष्फोटक पदार्थ भण्डारण गरेको ठाउँमा पनि छापा मारेको थियो । त्यसक्रममा २ सय ५ लोला विष्फोटक पदार्थ बरामद भएको थियो ।
दुवै अपरेशनमा १ नं. प्रदेश प्रहरी कार्यालयको सहयोग थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment