Comments Add Comment

गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो

१८ असोज, गोरखा । गोरखा दरबारको फूलपाती शनिबार काठमाडौंको हनुमानढोका पठाइएको छ । दशैंघरको फूलपाती विहान साढे सात बजे बाजागाजासहित डोलीमा राखेर निकालिएको हो ।

दरबारका भित्रिया सुसारे लिलाबहादुर बोहराकाअनुसार फूलपाती चौतारासम्म बोकेर लगिनेछ भने त्यहाँबाट गाडीमा पठाइनेछ । बा २० च ४३९४ नम्वरको गाडीमा ढुङ्गागाडेस्थित भगवतीका पुजारी लोकप्रसाद भट्टसँग फुलपाती पठाइएको छ ।

पहिले धादिङको जिवनपुर, नुवाकोट हुँदै हिडेर फुलपाती हनुमानढोका पुर्‍याउने प्रचलन थियो । २०६६ सालदेखि मोटरवाटोको प्रयोग गर्न थालिएको गोरखा दरवार हेरचाह अड्डाका रामेश्वर कट्टेल बताउँछन् । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको उनको तर्क गरे ।

गोरखाको फूलपाती हनुमानढोका भित्र्याएपछि मात्र दशैं घरको सुरुवात हुने धार्मिक विश्वास छ ।

यस्तै बेलुका चार बजे बाजागाजसहित हर्ष बडाइका साथ गोरखा दरबारमा फुलपाती भित्र्याइने प्रचलन छ । जंगलबाट खोजेर ल्याएको फूलपाती चौतारामा जम्मा गर्ने र हर्ष बडाइका साथ दशैंघरमा भित्र्याइने सुसारे बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment