Comments Add Comment

सिग्देल र भण्डारीको उपरथीमा बढुवा

Photo Credit : नेपाली सेना । गोकुल भण्डारीलाई दर्ज्यानी चिन्ह लगाइदिँदै प्रधानसेनापति थापा ।

१८ असोज, काठमाडौं । नेपाली सेनाका दुई सहायक रथीको उपरथीमा बढुवा भएको छ ।

निरीक्षणाधिकृतको कार्यालयका अशोकराज सिग्देल र पश्चिम पृतना हेडक्वाटरका गोकुल भण्डारीको उपरथीमा बढुवा भएको हो ।

सिग्देल र भण्डारीलाई शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहपछि आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।

उनीहरुलाई शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उपरथीमा बढुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment