Comments Add Comment

केरा बगैंचाबाट बिस्फोटक पदार्थ बरामद

१८ असोज, विराटनगर । मोरङ प्रहरीले ठूलो मात्रामा विष्फोटक पदार्थ बरामद गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले केराघारीमा लुकाएको अवस्थामा ४३ थान विष्फोट पदार्थ जिलेटिन बरामद गरेको हो ।

मोरङका विभिन्न स्थानमा बम विष्फोट गराएको आरोपमा पक्राउ परेका विप्लव समूहका कार्यकर्तामाथि अनुसन्धान गर्ने क्रममा मोरङको बुढीगंगा गाउँपालिका ७ धरहरा स्थित रत्नकुमार डागीको केराघारीमा लुकाएर राखेको अवस्थामा जिलेटिन, डेटोनेटर, तार, अटोमेटिक रिमोट बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

प्रहरीले गत असोज ९ गते विप्लव समूहका युवा संगठन सदस्य विपिज भनिने रामु मग्रातीलाई पक्राउ गरेको थियो । विष्फोटका घटनामा संलग्न भएको आशंकामा पक्राउ परेका मग्रातीमाथि अनुसन्धान गर्ने क्रममा विष्फोटक पदार्थ मोरङ भित्रिएको रहस्य खुलेको थियो ।

अनुसन्धानका क्रममा मग्रातीले जिल्ला सेक्रेटरी खतिवडालाई विष्फोटक पदार्थ राख्न दिएको प्रहरी स्रोत बताउँछ । विष्फोट पदार्थ खोज्ने क्रममा प्रहरीले असोज १७ गते विराटनगरबाट विप्लवका जिल्ला सेक्रेटरी कुमार खतिवडालाई पकाउ गरेको थियो । कुमारले पनि बालकुमार डाँगीलाई विष्फोट पदार्थ राख्न दिएको वयान दिएका थिए ।

डाँगी मोरङको बुढीगंगा गाउँपालिका- ७ का बासिन्दा हुन् । डाँगीमाथि सोधपुछ गर्दा उनले दाजु रत्नकुमार डाँगीको केराबारीमा लुकाएको वयान दिएका थिए ।

केराबारीमा खोज्ने क्रममा तीन फिट गहिरो खाल्डो बनाएर लुकाएको अवस्थामा निओजेल ९० लेखिएको ४३ थान जिलेटिन बरामद भएको अधिकारीले जानकारी दिए । तीनैजनामाथि थप अनुसन्धान सुरु गरेको उनले बताए ।

कुमारको डेरामा विप्लवको कार्यालय

प्रहरीले विप्लव समूहका मोरङ सेक्रेटरीको डेराबाट महत्वपूर्ण कागजात र पार्टीको आन्तरिक परिपत्र बरामद गरेको छ । बुढीगंगा गाउँपालिका ३ बस्ने खतिवडा मोरङको सुन्दर हरंैचा नगरपालिकाका राजेन्द्र लिम्बुका डरमा डेरा लिएर बस्दै आएका थिए ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार खतिवडाको डेराबाट नेपाल कम्युनिष्ट पार्टीको सहयोग रसिद, पार्टीलाई आर्थिक सहयोगका लागि लेखिएको पत्र एक बण्डल, टेलिफोन डायरी, पार्टीको नामको स्टाम्प र चन्दाका लागि लेखिएको चिठी पनि भेटिएको छ ।

प्रदेश एकका प्रहरी प्रमख डीआइजी ठाकुरप्रसाद ज्ञवालीका अनुसार विप्लव समूहले भित्र्याएको विष्फोट पदार्थमध्ये झापा र मोरङमा गरी ७५ प्रतिशत प्रहरीले नियन्त्रणमा लिएको छ । झापा र मोरङमा एउटै पद्दतिमा विष्फोटक पदार्थ लुकाइएको प्रहरीले बरामद गरेको उनले बताए ।

विप्लव समूहले भित्र्याएको विष्फोटक पदार्थमध्ये केही विष्फोटका घटनाहरुमा प्रयोग भएको बताउँदै उनले ७५ प्रतिशत विष्फोटक पदार्थ प्रहरीले नियन्त्रणमा लिन सफल भएको बताए । डीआइजी ज्ञवालीका अनुसार विप्लव समूहले चन्दा माग्ने र नदिएको अवस्थामा विष्फोटका घटना गराउने गरेका छन् । चन्दा मागेको सूचना प्रहरीले पाए तत्काल पक्राउ गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment