+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

श्रीमती र छोराको कुटाइबाट मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २० गते २०:१८
Photo Credit : साङ्केतिक तस्वीर

२० असोज, सप्तरी। सप्तरीको महदेवा गाउँपालिकामा पत्नी र छोराको कुटाइबाट एक व्यक्तिको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार पत्नी र छोराको कुटाइबाट घाइते भएका महदेवा गाउँपालिका ३ पकरी निवासी गफुर पमरियाको ज्यान गएको हो ।

६३ बर्षीय पमरियालाई ५० वर्षीया पत्नी जुमली खातुन र २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम पमरियाले कुटपिट गरेका थिए । आइतबार राति आफ्नै घरमा कुटपिट गर्दा घाइते भएका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

उनलाई कुटपिट गर्नुको कारण खुल्न सकेको छैन । घटनामा संलग्न उनकी पत्नी र छोरा फरार भएको तथा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?