Comments Add Comment

दसैं मुडमा अनु

वायुमण्डलमा शरद ऋतुको सितल हावा वहकिरहेको, पृष्टभूमीमा मालाश्री धुन गुञ्जिरहेको यो मोहक मौसममा मोडल अनु काफ्ले उमंगित भावभंगीका साथ फोटोशुट गराइरहेकी थिइन् । रातो साडीमा ठाँटिएकी, निधारमा रातो टिका लगाएकी उनी सौम्य एवं शालिन देखिन्थिन् ।

यसैपनि दसैंको रौनक । सर्बत्र उमंग र उत्साहको मेला छ । यस्तै माहौलमा अनलाइनखबरसँग फोटोशुट गराइरहँदा अनु भन्दै थिइन्, ‘दसैं मेरो फेवरेट चाड हो । यो चाडमा मन त्यसै रमाउँछ ।’

अब लागौं अनुको परिचयतर्फ । उनी मोडलिङमा करियर बनाउँदैछिन् । घर, इलाम । उमेर, २० बर्ष । उचाई, ५ दशमलव ४ फिट । पढाई, स्नातक पहिलो बर्ष । तर, यत्तिले मात्र पनि उनको चिनारी खुल्दैन ।

अनुले एकाध म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । पछिल्लो म्युजिक भिडियो ‘बटौली’ले राम्रै चर्चा पाएको छ, जसमा उनले अभिनेता विपिन कार्कीसँग स्क्रिन शेयर गरेकी छिन् । विपिनसँग अभिनय गर्दाको अनुभव सुनाउँदै अनु भन्छिन्, ‘उहाँ पर्दामा मात्र होइन, पर्दा बाहिर पनि राम्रो अभिनेता हुनुहुँदो रहेछ । उहाँसँग काम गर्न एकदमै सहज भयो ।’

अनु इलामकै एक डान्स सेन्टरबाट नृत्य प्रशिक्षण लिएकी हुन् । नृत्य गर्दागर्दै उनलाई अभिनयप्रति पनि मोह जागेको हो । अनु भन्छिन्, ‘अभिनयलाई पनि करियरकै रुपमा अगाडि बढाउनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment