Comments Add Comment

उपनिर्वाचनमा साढे ४ लाख मतदाता

कास्की – २ मा ७१ हजार ८ सय

२३ असोज, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाता रहेका छन् ।

जसमध्ये २ लाख ३३ हजार ४ सय २ महिला र २ लाख २० हजार ७ सय १० जना पुरुष छन् । त्यस्तै २ जना समलिंगी तेस्रोलिंगी मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचन हुने कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ मतदाता पुगेका छन् । त्यस्तै प्रदेशसभा सदस्य पदको उपनिर्वाचन हुने भक्तपुरको निर्वाचन क्षेत्रमा ४५ हजार १५, बाग्लुङको निर्वाचन क्षेत्रमा ३६ हजार ९ सय २२६ र दाङको निर्वाचन क्षेत्रमा ७३ हजार १ सय ७२ मतदाता रहेका आयोगका प्रवक्ता गिरिजा शर्माले जानकारी दिएका छन् ।

मंसिर १४ गते प्रतिनिधिसभाको १, प्रदेशसभाको ३, नगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउाँलिका उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाअध्यक्ष ४३ गरी कुल ५२ पदमा निर्वाचन हुँदैछ ।

आयोगले उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २ सय ४७ स्थलमा ५ सय ३७ निर्वाचन केन्द्र राखेको आयोगका प्रवक्ता शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment