Comments Add Comment

कांग्रेसले गाउँपालिकामा विजयी आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिने

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसले गाउँपालिका तहमा विजयी आफ्ना कार्यकर्ताका लागि कात्तिक १ र २ गते भक्तपुरमा प्रशिक्षण कार्यक्रम राखेको छ ।

पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गाउँपालिका तहमा विजयी अध्यक्ष, उपाध्यक्ष र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखसहित सम्बन्धित गाउँपालिकाका इकाइ सभापतिका लागि प्रशिक्षण कार्यक्रम राखेको हो ।

मध्यपुर थिमी नगरपालिका बोडेको कृषि विकास बैंकको तालिम केन्द्रमा हुने प्रशिक्षणका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका अध्यक्ष एवं गाउँपालिका राष्ट्रिय महासंघका महासचिव वंशलाल तामाङको संयोजकत्वमा सहयोग समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रशिक्षणमा वर्तमान राजनीतिक परिवर्तन र संविधानका मौलिक तत्वहरु, स्थानीय तहका अधिकार र कर्तव्य, गाउँपालिका, प्रदेश र संघबीचको सम्बन्ध र साझा अधिकारलगायतका विषयमा अवधारणापत्र प्रस्तुत गरिने प्रतिष्ठानका सचिव मुक्ति आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment