+
+
Shares

पश्चिम तराईका थारु बस्तीमा सखिया नाचको रौनक

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २३ गते १८:२६

२३ असोज, कैलाली । हिजोआज पश्चिम तराईमा बसोबास गर्ने थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । खासगरि दशैँ र तिहारमा थारु बस्तीमा सखिया नाचिन्छ । थारुहरुको अटवारी पर्वको दोस्रो दिनदेखि तिहारसम्म सखिया नाच नाच्ने प्रचलन रहेको छ ।

दिनभरि खेतबारीमा काम गरेर बेलुकी सखिया नाचेर रमाइलो गर्ने गरेको ओम थारुले बताए ।

बेलुकाको खाना खाइसकेपछि सखिया नाच्ने युवती र मादल बजाउने युवकले वस्ती नै उल्लासमय बनाउने बताए । सखिया नाचमा युवतीहरू समूहमा नाच्ने र पुरुषहरूले मादल बजाउने गर्छन भने नाचको सुरुआत गर्नुअघि गुरुवा (पुजारी) को आदेशअनुसार पूजा गर्ने चलन रहेको छ । दसैंका बेला मात्रै होइन विभिन्न मेला महोत्सव, पर्वहरुमा समेत अहिले सखिया नाचले स्थान पाउन थालेकामा थारु अगुवाहरु खुशी छन् ।

थारु अगुवा दिल बहादुर चौधरीले वर्षभरिको पीडा बिर्साउने र रमाइलोका लागिसमेत सखिया नाच नाच्ने गरेको बताए ।

साथी सङ्गीहरुसंग मिलेर सामूहिक रुपमा नाच्ने भएकाले यसलाई सखिया नाच भनिएको थारु अगुवा चौधरीले बताए । सखीको अर्थ साथी भएकाले साथीभाइसंग मिलेर यो नाच नाच्ने गरेको उनले सुनाए ।

कुनै समय उमेर पुगेकाहरु मात्र यो नाचमा सहभागी हुने गरेकामा पछिल्लो समय युवापुस्ता आकर्षित भएको चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?