Comments Add Comment

सीले भने– नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न आतुर छु

रोल्पामा भेटिए युद्धकालीन ठूला हतियार

२४ असोज, काठमाडौं । बडा दशैंको अवसरमा बन्द रहेका दैनिक पत्रिकाहरू आजबाट नियमित प्रकाशनमा आएका छन् । प्रकाशित दैनिक पत्रिकाहरूमध्ये सबैको मुख्य प्राथमिकतामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण परेको छ । पत्रपत्रिकाहरूले सी भ्रमणको दौरानमा हुने सम्झौतादेखि पूर्वप्रधानमन्त्रीलगायतले दिएको सुझावसम्मका विषयलाई प्राथमिकतापूर्वक समेटेका छन् ।

कान्तिपुरले ‘पूर्वाधारका सम्झौता हुँदै’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार केरुङ–काठमाडौं रेलमार्गको डीपीआर बनाउने समझदारी पत्रमा हस्ताक्षर हुँदैछ । त्यस्तै, सडकलगायतका दर्जन आयोजनामा पनि सम्झौता हुँदैछ ।

कान्तिपुर र गोरखापत्रले चिनियाँ राष्ट्रपति सीको नेपालबारेको एक विशेष आलेख छापेका छन् । सीले आलेखमा नेपाल–चचीन हिमालय वारिपारिको मैत्री भएको उल्लेख गर्दै यसलाई नयाँ उचाइमा पुर्‍याउन आह्वान गरेका छन् । उनले नेपाली साथीहरूसँग मैत्री नवीकरण गर्न र सहयोगबारे वार्तालाप गर्न आफू आतुर रहेको उल्लेख गरेका छन् । दक्षिण एसियामा चिनियाँ नागरिकहरूको छनोटको पहिलो गन्तव्य नेपाल हुने पनि उनले आफ्नो आलेखमा उल्लेख गरेका छन् ।

पहिलो पृष्ठ सी भ्रमणसँग सम्बन्धित सामग्रीले भरेको कान्तिपुरले भित्री पृष्ठहरूमा पनि यसैसँग सम्बन्धित सामग्रीलाई स्थान दिएको छ ।

अन्नपूर्णले ऋणमा रेल नल्याउन पूर्वप्रधानमन्त्रीले सरकारलाई दिएको सुझाव छापेको छ । चिनियाँ राष्ट्रपति सीको आसन्न नेपाल भ्रमणबारे बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा डाकेको परामर्श बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले ऋणमा रेल नल्याउन सुझाव दिएको समाचारमा उल्लेख छ । उनीहरूले नेपालको हित हुने गरी भ्रमण उपयोग गर्न सुझाव दिएका छन् ।

अन्नपूर्णले माओवादी उद्गमस्थल रोल्पाको उत्तरी भेगमा जनयुद्धताका लुकाएर राखिएका ठूला परिमाणका हतियार र विस्फोटक पदार्थ फेला परेको अर्को समाचार पनि छापेको छ । तत्कालीन माओवादी नेतृत्वले शान्ति प्रक्रियामा आएपछि आफूसँग भएका हतियार खोलाले बगाएको दाबी गरेको थियो ।

रोल्पाको उत्तरी परिवर्तन गाउँपालिका–१, कुरेली भित्रीवन पुवाखोरेको एक गोठमा युद्धताका भण्डारण गरिएको युद्ध सामग्री नेपाली सेनाले असोज दोस्रो साता नियन्त्रणमा लिएको स्थानीयले जनाएका छन् ।

यौन दुर्व्यवहार आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि प्रहरी र सरकारी वकिल एकीकृत रूपमा अनुसन्धानमा जुटेकोलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा समेटेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment