+
+
Shares

सर्लाहीको सिटी फुड सेन्टरमा आगलागी

रासस रासस
२०७६ असोज २४ गते १२:११

२४ असोज, सर्लाही ।  सर्लाहीको सदरमुकाम मलङ्गवामा शुक्रबार विहान एक पसलमा आगलागी हुँदा सबै सरसामान जलेर नष्ट भएको छ । मलङ्गवा–९ स्थित श्रीमती कृष्णादेवी जनता माविकोे सटरमा स्थानीय सहजान मिकरानीले सञ्चालन गरेको सिटी फुड सेन्टरमा आगलागी हुँदा २ लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको जनाइएको छ ।

आगलागीबाट पसलभित्र रहेका फ्रिजलगायत सबै सरसामान जलेर नष्ट भएको प्रहरीले बताएको छ । विद्युत् चुहावट भई आज बिहान ५ः४५ बजेको समयमा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पीडित मिकरानीले आफ्नो पसलमा विद्युत चुहावट नभई अज्ञात व्यक्तिले सटरको मुनिबाट पेट्रोल हाली आगजनी गरेको दाबी गरेका छन् । नेपाल प्रहरी र स्थानीयवासीको प्रयासबाट आगो नियन्त्रणमा आएपछि अन्य पसलमा क्षति हुनबाट जोगिएको थियो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?