+
+
Shares

काभ्रेमा गाडी दुर्घटना : तीन जनाको मृत्यु

रासस रासस
२०७६ असोज २४ गते १९:४२

२४ असोज, बनेपा  ।  काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ तीन जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।

महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन तथा नाम र ठेगाना नखुलेको एक जना रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्काे यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?