+
+
Shares

चिनियाँ राष्ट्रपति सी भारतको चेन्नाइबाट नेपाल प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १४:२४

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ भारतको चेन्नाइबाट नेपाल प्रस्थान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा सी नेपाल आउन लागेका हुन् ।

उनको स्वागतका लागि नेपालमा विशेष तयारी गरिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने छिन् । विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर प्रदान गर्नेछ ।

सीको भ्रमणलाई लक्षित गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सडकका दुवै किनारमा हतियारसहितका सुरक्षाकर्मी खटाइएको छ भने नेपाली सेनाले हवाई गस्ती गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?