+
+
Shares

स्वास्थ्य राज्यमन्त्री सहभागी कार्यक्रममा ग्यास सिलिण्डर पड्कियो, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १३:४७

२५ असोज, जनकपुरधाम । स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव सहभागी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अतिथिका लागि खानेकुरा पकाउन खटिएका चार जना ग्यास पड्किँदा घाइते भएका छन् ।

महोत्तरीको गौशाला नगरपालिकामा समाजवादी पार्टीले दशैं, तिहार र छठ पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि राज्य मन्त्री डा. यादव थिए ।

कार्यक्रममा सहभागी हुने अतिथिका लागि चिया, खाजा पकाउने चार जना ग्यास सिलिण्डर पड्किँदा घाइते भएका हुन् । घाइते हुनेमा गौशाला नगरपालिका ८ निवासी २७ बर्षीय ओम प्रकाश यादव, २८ बर्षीय कौशल यादव, १७ बर्षीय सन्तोष पासवान र सोही उमेरका रिकेश यादव छन् ।

उनीहरुको स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि अहिले स्वास्थ्य राज्यमन्त्री डा. यादवको जनकपुरस्थित निजी अस्पताल जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?