+
+
Shares

सी र देउवाको भेट आजै साँझ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १३:५५

२५ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार काठमाडौं आइपुग्नेछन् ।

र, आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । चिनियाँ समकक्षी सीको सम्मानमा राष्ट्रपति भण्डारीले साँझ होटल सोल्टीमा रात्रीभोज दिनेछिन् ।

त्यसअघि देउवाले राष्ट्रपति सीलाई भेट गर्ने तय भएको छ । कांग्रेस सहमहामन्त्री एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले भेट तय भएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?