Comments Add Comment

मोरङबाट भन्सार छलीका साढे ३ लाखको सामान बरामद

२५ असोज, काठमाडौं । प्रहरीले मोरङको विराटनगर महानगरपालिका-१० तिनटोलियाबाट भन्सार छलीका करिब ३ लाख ५० हजार भन्दा बढीको विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर ल्याएको कपडा र धाराको गेटवल वेवारिसे अवस्थामा तिनटोलियाबाट शनिबार बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बरामद गरिएका सामानहरु विराटनगर भन्सार कार्यालय रानी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment