+
+
Shares

नवलपरासीबाट १० जुवाडे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १०:०३

२६ असोज, नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट भैसाखोरीबाट प्रहरीले नगदसहित १० जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय, गैंडाकोटको टोलीले गैडाकोट–१० स्थित भैंसाखोरीका राजकुमार सुनारको घरबाट नगद ७१ हजार पाँच सय २ रुपैयाँसहित १० जनालाई तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गैंडाकोट–१० का ४० वर्षीय इन्द्र राना, २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महतो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भीम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी मगर, २५ वर्षीय अनील सुनार र ३३ वर्षीय घरधनी राजकुमार सुनार रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?