
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूबीच भेटवार्ता भएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका सचिवालय सदस्यहरूले होटल सोल्टी पुगेर सीसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा दुई पार्टी र देशको सम्बन्धबारे छलफल भएको बताइएको छ । सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबारदेखि नेपालमा छन् । नेकपा नेतासँगको भेटवार्तापछि नेपाल–चीन द्विपक्षीय वार्तामा सी सहभागी भइरहेका छन् ।
उनी आजै दिउँसो १ बजे स्वदेश फर्कने कार्यतालिका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4