Comments Add Comment

अनमोलको ‘धुपौरे’ यात्रा

नायक अनमाले केसी अहिले चलचित्र ‘धुपौरे’को तयारीमा छन् । मंसिरबाट छायांकनमा जाने चलचित्रको वर्कशप पनि धमाधम भैरहेको छ । आफ्नै होम प्रोडक्शनको चलचित्र ‘एन्टी हिरो’लाई पछि सारेर अनमोल यो चलचित्रमा काम गर्न तयार भएका हुन् । साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गर्दैछन् । चलचित्रले एक जुवाडेको कथालाई उठान गर्नेछ ।

अनमोल चलचित्रको कथावस्तुलाई लिएर उत्साहित छन् । चलचित्रले प्रेमको कथा पनि भन्नेछ । यो चलचित्रको लागि अनमोल आफै लोकेशन हन्टिङमा निस्किएका छन् । अनलाइनखबरलाई प्राप्त तस्वीरमा पनि उनी निर्देशक र निर्मातालाई बाइकमा राखेर लोकेशनमा निस्किएको देख्न सकिन्छ ।

अनमोल यसअघि चलचित्रको लोकेशन हेर्न यसरी खासै निस्किएका थिएनन् । उनी, आफ्नै होम प्रोडक्शनको चलचित्रका लागि पनि लोकेशन हन्टिङमा निस्किएको पाइदैन । तर, यसपटक भने उनी आफै चलचित्रको लोकेशन हेर्न निस्किएका छन् । यसबाट पनि अनमोल यो चलचित्रलाई लिएर कती उत्साहित छन् भन्ने वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment