Comments Add Comment

‘बीग बोस’को विरोधमा सलमानको घर अगाडि प्रदर्शन

अहिले भारतीय टेलिभिजनको चर्चित रियालिटी शो ‘बीग बोस’को १३ औं श्रृङ्खला प्रशारण भैरहेको छ । यो रियालिटी शोको संचालन बलिउडका नायक सलमान खानले गर्दै आएका छन् । यसैविच, सलमानको यो शो बन्द गर्न चेतावनी आउन थालेको छ । यो शोले भारतमा अश्लिलता फैलाएको आरोप समेत लगाइएको छ ।

शुक्रबार सलमानको घर अगाडि प्रदर्शन गर्ने २० जनालाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । साथै, सलमानको घर अगाडिको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । राजस्थान केन्द्रित कर्नी सेनाले यो शोको विरोध गरेको थियो । यस्तै, राजस्थान केन्द्रित विश्व सनातन संघका महासचिवसहित २० जनालाई पक्राउ गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । महासचिव उपदेश रानाले केही दिन अगाडि सलमानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि बसेर एउटा भिडियो तयार पार्दै सलमानलाई चेतावनी दिएका थिए ।

‘बीग बोस’ भारतीय संकृतीको विरुद्धमा भएको उनको चेतावनी थियो । यो शोमा सलमानले ‘बेड फ्रेन्ड्स’को घोषणा गरे । जहाँ, केटा र केटीले एउटै बेड शेयर गर्न सक्नेछन् । यसलाई, कतिपयले भारतमा अश्लिलता फैलाएको आरोप समेत लगाएका छन् । कर्नी सेनाले भारतका सूचना तथा प्रशारण मन्त्रीलाई पत्र लेख्दै शो रोक्न अपिल समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment