Comments Add Comment

महोत्तरीबाट तीन लाख भारुसहित युवक पक्राउ

६ असोज, जनकपुरधाम । महोत्तरीबाट श्रोत नखुलेको तीन लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको टोलीले मटिहानी–जलेश्वर सडक खण्ड अन्तर्गत जलसागर पोखरी नजिकैबाट एक जनालाई पक्राउ गरेको हो । मटिहानी नगरपालिका ८ निवासी २२ बर्षीय राजकुमार साहलाई ३ लाख भारुसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ९ नम्बर हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले जानकारी दिए ।

ज ७ प ३३९५ नम्बरको मोटरसाइकलमा चढी मटिहानीबाट जलेश्वरतर्फ जाँदै गरेका साहलाई चेक गर्दा उनको साथबाट उक्त रकम बरामद भएको हो । शनिबार राति पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको अधिकारीले बताए ।

५१ हजार बराबरको पटाका बरामद

महोत्तरीको भारतीय सिमा नजिकैबाट रु ५१ हजार बराबरको पटाका समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भारतबाट ल्याउँदै गरेको अवस्थामा पटाकाजन्य सामग्री नियन्त्रणमा लिइएको बताए । उनले ती सामग्री नष्ट गर्ने तयारी भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment