Comments Add Comment

नेपाल–चीनबीच व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने समझदारी

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नपाल भ्रमणमा दुई देशबीच वाणिज्य व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी संयन्त्र गठन हुने समझदारी पत्रमा हस्ताक्षर भएको वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालले जानकारी दिए ।

एक महिनाअघि नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच यस्तो संयन्त्र गठन गर्नेबारे सहमति बनेको थियो ।

बाणिज्य व्यापारका सम्बन्धमा छलफल गर्न स्थायी संयन्त्र नहुँदा मुद्धाहरु प्रभावित हुने गरेको भन्दै दुवै देशले उच्चस्तरीय स्थायी संयन्त्र गठन गर्न आन्तरिक गृहकार्य थालेका थिए । संयन्त्र गठनपछि नेपाल र चीनबीचको वाणिज्य व्यापारका मुद्धाहरु उच्चस्तरीय एकल बिन्दुबाट हल हुने वाणिज्य मन्त्रालयले छ ।

संयन्त्रमा कति सदस्य रहने र कार्यदेश के के हुने समझदारीमा नखुलाइए पनि संयन्त्रले दुई देशको प्यापार सहजीकरणमा टेवा पुग्ने विश्वास गरिएको छ । नेपाल र चीनबीच सचिव स्तरीय संयन्त्र यसअघि अर्थ मन्त्रालयसँग मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment