Comments Add Comment

सीपीएलकै सर्वाधिक विकेट लिने अमेरिकी स्पिनरको कथा

२६ असोज, काठमाडौं । तीन महिनाअघि हेडेन वाल्स जुनियरको इनबक्समा दुईवटा जहाजका टिकट थिए । एउटा टिकटले उनलाई मियामी लैजान्थ्यो र त्यहाँबाट लस एन्जलसमा अमेरिकी राष्ट्रिय क्रिकेट टिमको टे«निङ क्याम्पमा पुर्‍याउँथ्यो । अर्कोले चाहिँ मियामीबाट उनलाई क्यानाडाको टोरन्टोमा ग्लोबल टी–२० मा लैजान्थ्यो ।

पहिलो टिकट रोज्दा वाल्सले अमेरिकी राष्ट्रिय टिमको सेन्ट्रल कन्ट्र्याक्ट प्राप्त गर्न सक्थे । दोस्रो टिकटले चाहिँ टि–२० फ्रेन्चाइजमा उनको ढोका खोल्न सक्थ्यो । वाल्सले दोस्रो टिकट रोजे र, तीन महिनापछि उनै वाल्स क्यारेबियन प्रिमियर लिगमा सर्वाधिक विकेटटेकरको पुरस्कार लिइरहेका थिए ।

विश्व क्रिकेटका धेरै चर्चित खेलाडीहरुको सहभागिता रहेको सीपीएलमा २७ वर्षका क्रिकेटरले ९ म्याचमै २२ विकेट लिएका छन् । दोस्रो स्थानमा रहेका दक्षिण अफ्रिकाका भेट्रान बलर इमरान ताहिरको नाममा १६ विकेट छ । एउटा एसोसिएट राष्ट्रको बलरका निम्ति यो अविश्वसनीय सफलता हो । वाल्सको टिम बार्बाडोस ट्राइडेन्टले प्रतियोगिताको उपाधिसमेत जितेको छ ।

‘मलाई विश्वास गर्नुस्, मैले यो स्थानमा आफूलाई पाउँछु भन्ने कल्पनासमेत गरेको थिइनँ,’ वाल्सले क्रिकइन्फोसित भनेका छन्, ‘मैले राम्रो प्रदर्शन गर्ने सोचेको थिएँ, तर यति राम्रो प्रदर्शनको आशा थिएन । मलाई त टिममा आफ्नो स्थान मजबुत बनाउन नै संघर्ष गर्नुपर्ला भन्ने लागेको थियो ।’

फाइनलमा भने वाल्सको जादु खासै चल्न सकेन । उनले दुई ओभर बलिङ गर्दा २३ रन खर्चिए र १ विकेट लिए । तर, फाइनल भन्दा अगाडि नै उनले आफूलाई प्रमाणित गरिसकेका थिए । बार्बाडोसलाई फाइनलमा पु¥याउन प्रमुख भूमिका उनकै रह्यो ।

गत जुलाईको द्विविधा सम्झिँदै वाल्स भन्छौं, ‘घरबाट निस्कँदा मसित प्लेनका दुई सिट थिए । जब मियामी पुगेँ, अनि मात्र मैले निर्णय लिएँ कि म टोरन्टो जानेछु ।’

०००

जब नोभेम्बर, २०१८ मा वाल्स वर्ल्‍ड क्रिकेट लिग थ्रीका लागि अमेरिकी टोलीमा परे, धेरैका लागि यो आश्चर्यको कुरा थियो । तर, छोटो समयमै उनले बार्बाडोसमा दुई वेस्ट इन्डियन स्पिनर जोमेल वारिक्यान र एश्ले नर्सपछाडि आफ्नो स्थान सुरक्षित गर्न सफल भए ।

‘बार्बाडोसका नौ जना खेलाडी वेस्ट इन्डिजको टिममा थिए, र एक वर्षमा मैले १० मध्ये तीन खेलमा मौका पाउन सक्छु,’ गत मार्चमा दुर्बइमा यूएईविरुद्ध अमेरिकाले टि–२० खेल्न जाँदा वाल्सले भनेका थिए । अमेरिकालाई ओडीआई स्टाटसमा पुर्‍याउन वाल्सले निकै महत्वपूर्ण भूमिका निर्वाह गरे । बलिङ मात्र नभएर ब्याटिङबाट पनि उनले अमेरिकी टोलीका लागि योगदान दिएका थिए ।

फेब्रुअरीमा उनले आफ्नाबे बार्बाडोस फस्र्ट क्लास सम्झौताबाट बाहिर निस्किनका लागि अनुरोध गरे । उनी पूर्ण रुपले अमेरिकी टिममा समर्पित हुन चाहन्थेँ । ‘हामीले ओडीआई स्टाटस पाएपछि मेरो चाहना अमेरिकाको सेन्ट्रल कन्ट्राक्ट हासिल गर्ने हो,’ वाल्सले त्यतिबेला भनेका थिए ।

तर, अमेरिकाको सफलताले समाधानसँगै धेरै समस्याहरु पनि जन्मायो । अमेरिकालाई ओडीआईमा पुर्‍याउन र वाल्सलाई अमेरिकाका लागि खेलाउन प्रमुख भूमिका निभाएका प्रमुख प्रशिक्षक पुबुदु दायासायकेले जुलाईको दोस्रो साता राजीनामाको घोषणा गरे । जसले गर्दा अमेरिकी टिम अस्थिर हुन पुग्यो । सुरुमा वाल्सलाई ठूलो पारिश्रमिक र एक वर्षको सम्झौता दिने वाचा गरेका अमेरिकी क्रिकेट संघका प्रमुख जियजय श्रीनिवासनले त्यसपछि बोली फेरे ।

‘उनीहरुले मलाई एक वर्षको सम्झौता पठाए, तर त्यो मसितको पूर्व सहमति बमोजिम थिएन । यो केवल तीन महिनाका लागि थियो र पारिश्रमिक पनि घटाइएको थियो,’ उनी भन्छन् ।

जुलाई २२ बाट अमेरिकी राष्ट्रिय टिमको लस एन्जलसमा तीन साताको बन्द प्रशिक्षण सुरु भयो । त्यसअघि नै वाल्सले २५ जुलाईबाट क्यानाडामा सुरु हुने ग्लोबल टि–२० मा खेल्न भ्यानको उभर नाइट्सित सम्झौता गरिसकेका थिए । त्यसका बाबजुद उनको प्राथमिकता भने अमेरिकी राष्ट्रिय टिम नै थियो । त्यसैले वाल्सले अमेरिकी क्रिकेट संघलाई पत्र पठाए ।

‘मैले उनीहरुलाई भ्यानकोउभरसित मलाई छुट्टि मिलाउने विषयमा कुरा गरिदिन आग्रह गरेँ, सुरुमा उनीहरुले स्वीकार पनि गरे,’ वाल्स भन्छन्, ‘तर, म उड्नुपर्ने दिन श्रीनिवासनले मलाई फोन गरेर भने कि तिमी आफैं कुरा गर ।’

‘त्यसपछि मैल आफ्नी श्रीमतीसँग कुरा गरेँ । उनले मलाई भ्यानकोउभर नै रोज्न सुझाव दिइन् । हुन पनि मप्रति क्रिकेट संघको व्यवहार ठीक थिएन । त्यसैले मैले अमेरिकी बन्द प्रशिक्षणमा सहभागी नहुने अन्तिम निर्णय लिएँ । मैले लिएको निर्णय सही थियो भन्ने लाग्छ ।’

अघिल्लो राति वाल्सले आफ्नो सुटकेसमा प्रशिक्षण सामग्रीहरु प्याक गरेका थिए । उनले उडानका लागि दुवै टिकटहरु चेक इन गरे । तर, आफ्नो ब्यागहरु लस एन्जलस पठाउन ट्याग गरेका थिए । एटट्लान्टिक ओसियनभन्दा माथि ३६ हजार फिटमा उडिरहँदा उनले आफ्नो मनस्थिति परिवर्तन गरे ।

उनी जहाजबाट उत्रेर आफ्नो ब्यागेज जम्मा गरे र फेरि त्यसलाई एयरलाइन्सको चेक इन डेस्कमा पु¥याए र भने कि यसलाई टोरन्टोका लागि फेरि ट्याग गरिदिनू ।

०००

अघिल्लो वर्ष वाल्स सीपीएलका लागि सेन्ट किट्स एन्ड नेभिस पेट्रियोट्समा सन्दीप लामिछानेको ओझेलमा परेका थिए । सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहँदा वाल्सले अधिकांश म्याचमा बेन्चमै बस्नुपर्‍यो । यो वर्ष मेमा भएको ड्राफ्टमा लामिछानेलाई ट्रिड्न्ट्सले राउन्ड ५ मा ६० हजार अमेरिकी डलरमा खरिद ग¥यो । जहाँ वाल्सले भने ३ हजार अमेरिकी डलर मात्र पाए ।

कम पैसा पाए पनि टिमभित्रको वातावरणबाट वाल्स खुशी छन् । उनी भन्छन्, ‘यहाँ सबैलाई आफ्नो भूमिका राम्ररी बुझाइएको थियो । मलाई ब्याटमा भन्दा बलमा बढी ध्यान दिन भनिएको थियो । र, मेरो टिममा सन्दीप पनि भएकाले मैले धेरै म्याचमा मौका नपाउन सक्थेँ । उ (सन्दीप) ले छोडेको वा घाइते भएको अवस्थामा मलाई ब्याक अप स्पिनरका रुपमा तयार रहन भनिएको थियो ।’

गुयनामा भएको पहिलो म्याचमा वाल्स बेन्चमै रहे । तर, त्यसपछिका दुई म्याचमा उनलाई सन्दीपसँगै टिममा दोस्रो स्पिनरका रुपमा समावेश गरियो । दुवै म्याचमा उनले दुई विकेट लिए । त्यसपछि तीन म्याचमा फेरि उनलाई बेन्चमै राखियो, जहाँ कन्डिसन स्पिनरको फेभरमा थिएन । ती म्याचमा सन्दीपलाई एक्लो स्पिनरका रुपमा प्रयोग गरिएको थियो ।

वाल्स भन्छन्, ‘जब सन्दीप टिममा थिए, म उनीसँग धेरै समय बिताउँथे । उनको मानसिक दृढता र इच्छाशक्तिले मलाई निकै प्रभावित तुल्यायो । म निकै मिहिनेतसाथ अभ्यास गरिरहेको थिएँ, तर पर्याप्त म्याच पाइरहेको थिइनँ ।’

सन्दीपले ६ म्याच खेलेपछि नेपालको राष्ट्रिय टिमबाट खेल्नलाई टिमबाट बिदा लिए । त्यसपछि वाल्सको ढोका खुल्यो । ट्रिन्बागो नाइट राइडर्सविरुद्ध उनी टिममा फर्किए र शानदार प्रदर्शन गरे । सो म्याचमा उनले १९ रन खचँदै ५ विकेट लिएका थिए । त्यसपछि वाल्सले पछि फर्केर हेर्नुपरेन । अन्ततः उनी सीपीएलकै सर्वाधिक विकेटटेकर बनेका छन् । नेपाली स्पिनर सन्दीपले ६ म्याचमा आठ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment