Comments Add Comment

एनआरएनएको महासचिवमा डाक्टर केशव पौडेलद्वारा उम्मेदवारी घोषणा

२६ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिवका लागि अमेरिकाका डाक्टर केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् ।

डाक्टर पौडेलले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मंगलबारदेखि हुने ९ औं विश्व सम्मेलनमा महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

यसअघि २ कार्यकाल गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको अध्यक्ष भइसकेका पौडेलले अध्यक्षका योजनालाई कार्यसमितिको सामुहिक सहभागितामा कार्यान्वयन गर्न भूमिका खेल्ने भन्दै सँस्थागत विकास र सृदृढिकरणका लागि ९ बुँदे प्रतिबद्धता जनाएका छन् ।

सचिवालय व्यवस्थापन र सुदृढिकरण गर्ने, सँथागत विकास र सदस्यता वृद्धि, समन्वयातमक सम्बन्धको निर्माण, संचार र अन्तरकि्रया, सम्भावनाको खोजी र अवसरको सिर्जना गर्ने प्रतिबद्धता उनको छ ।

यस्तै, सरल पहुँच र समान वितरण, सहज र गतिशील नेतृत्व तथा दिगो नीति , सबै एनआरएनए, सधैंको नेपाली र समान नागरिकता र समन्वय परिषदहरुलाई अधिकारको विकेन्द्रीकरण गर्ने प्रतिबद्धता पौडेलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment