+
+

चीनको नानजिङ शहर र काठमाडौंबीच भगिनी सम्बन्ध स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १५:५३

२६ असोज, काठमाडौँ । काठमाडौं महानगरपालिका र चीनको जियाँग्सु प्रान्तको राजधानी नानजिङ सिटीबीच भगिनी सम्बन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदान भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चीनका राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा यी दुई शहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्झौतापत्र आदानप्रदान भयो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सम्झौतापत्र आदान प्रदान गरे ।

यी दुई सहरबीच भगिनी सम्वन्ध स्थापित गर्ने सम्वन्धमा यसअघि नै सहमति भएपनि यसले मूर्तरुप भने आइतबार मात्रै प्राप्त गरेको हो । ‍

यो चीनको आठौं ठूलो शहर हो । काठमाडौं महानगर र नानजिङ सहरबीच संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदानका लागि मितेरी सम्बन्धको सम्झौता गत असारमै भएको थियो ।

यी दुई शहरबीच भगिनी सम्वन्ध स्थापितका लागि सम्झौतापत्र आदन–प्रदानपछि यसले दुई देश नेपाल र चीनसँगै यी दुई सहरबीचको पनि संस्कृति, सभ्यता र सम्पदाजन्य ज्ञान आदानप्रदान र नेपालको पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा काठमाडौं महानगरपालिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?