+
+
Shares

बालबालिका खेलकुदबाट टाढिएकोमा मुख्यमन्त्री राउत चिन्तित

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते २०:०८

२६ असोज, वीरगञ्ज । प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले आधुनिक प्रविधिका कारण खेलकूदबाट बालबालिका टाढिंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

पर्साको कालिकामाई गाउँपालिका र बजरंग युवा क्लबद्वारा आयोजित प्रथम हरिहरपुर गोल्डकप प्रतियोगिताको आइतबार उदघाटन गर्दै मुख्यमन्त्री गद्दीले पछिल्ला दिनमा बालबालिका खेलकूदमा भन्दा मोबाइल, इन्टरनेटमा रुमल्लिन थालेकोले खेलकूदबाट टाढिँदै गएको बताए ।

‘बाल्यावस्थादेखि खेलकूदमा नलाग्दा धेरै मानिस युवा अवस्थामा विभिन्न कूलतको शिकार भईरहेका छन्, अनुशासनहीन क्रियाकलापमा संलग्न भएका छन्,’ उनले भने,  ‘बालबालिका मोबाईल, इन्टरनेटमा रुमल्लिएका छन् ।’

विगतमा खेलकूदको क्षेत्रमा लाग्नेहरुको राज्यले उचित व्यवस्थापन गर्न नसक्दा पनि खेलकूदप्रति बालबालिकाको रुचि घट्दै गएको टिप्पणी उनले गरे । प्रदेश सरकारले खेलाडीहरुलाई लक्षित गरेर कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा मुख्यमन्त्री राउतले कालिकामाई–३ मा रहेका खेलमैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा समेत गरेका छन् । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर कालिकामाई गाउँपालिका ३ मा प्रथम हरिहरपुर विर्ता गोल्डकपको आयोजना गरिएको हो ।

आइतबार भएको उद्घाटन खेलमा हेटौंडा ११–वीरगञ्ज युनाईटेडसँग ५–० गोल अन्तरले पराजित भएको छ । कात्तिक ७ गतेसम्म चल्ने प्रतियोगितामा ८ टीम सहभागी छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १ लाख दोस्रो हुने टिमलाई नगद ५० हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिने कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?