
२७ असोज, काठमाडौं । प्रहरीले धरानको आचार्य लाइनबाट पेस्तोल र ठूलो परिणाममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोशी गाउँपालिका-३ घर भइ धरानमा डेरा गरेर बस्ने २३ वर्षका निरजकुमार राउत छन् ।
इलाका प्रहरी कार्यालय, इटहरीले विशेष सूचनाका आधारमा चलाएको अपरेशनका क्रममा उनी हतियारसहित पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनको कोठाबाट एउटा ठूलो चाइनिज पेस्तोल, म्यागजिन, १३ राउण्ड गोलीसहित डाइलेक्स औषधि एक सय एमएलको २२५ बोतल, खैरो हेरोइन ७ ग्राम, नाइट्रोसन ६ सय ४० ट्याब्लेट, स्पास्मोप्रोक्सिवन प्लस १२ हजार ९ सय ४४ क्याप्सुललगायत बरामद भएको छ ।
राउतको साथबाट नगद ११ हजार रुपैयाँसहित लागूऔषध तौल गर्ने डिजिटल मेसिन पनि बरामद भएकाले प्रहरीले उनी लागूऔषध बिक्री गर्ने डिलर भएको आशंका गरेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4