+
+
Shares

पर्सामा प्रहरीद्वारा २२ वटा भैंसी र पाडा नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १२:५९

२७ असोज, वीरगञ्ज । पर्साको विन्दवासिनीबाट प्रहरीले २२ वटा भैंसी र पाडा नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली भित्र्याउँदै गरेको अवस्थामा विन्दवासिनी गाउँपालिका-१ अमरपट्टीबाट भैंसी नियन्त्रणमा लिईएको हो ।

जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ भैंसी नियन्त्रणमा लिएको थियो । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १९ वटा भैंसी र ३ वटा पाडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिइएका भैंसी र पाडालाई आवश्यक कार्वाहीको लागि ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको छ । भैंसी र पाडा वीरगञ्ज भन्सार कार्यालयलाई बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?