Comments Add Comment

राष्ट्रपति भण्डारी पर्सि म्यानमार जाने

२७ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पर्सी म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा पाँच दिने भ्रमणमा जान लागेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्वीपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने छन् । उनले यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment