Comments Add Comment

किटो डाइटको सही प्रयोग नहुँदा र्झछ कपाल

मोटोपनको समस्या रहेका मानिसहरु आफ्नो वजन घटाउनका लागि किटो डाइट प्रयोग गर्दछन् । किटो डाइट भनेको कार्बोहाइड्रेड कम गरेर चिल्लो पदार्थयुक्त खानाबाट मात्रै डाइट पैदा गर्नु हो । किटो डाइटमा थोरै कार्बोहाइड्रेड, मध्यम प्रोटिन र उच्च मात्रामा चिल्लो पदार्थ हुने गर्दछ । विशेषगरी चलचित्रका नायक नायिकाहरु समेत आफ्नो शरीरलाई फिट राख्नको लागि यस्तो डाइटको प्रयोग गर्छन् ।

यस्तो डाइट हाम्रो शरीरलाई फिट राख्न र रगतमा चिनीको मात्रा कम गर्न फाइदाजनक मानिन्छ । तर, धेरै मात्रामा चिल्लो पदार्थ र कम मात्रामा कार्बोहाइड्रेड युक्त खाना साइड इफेक्ट पनि हुन सक्छ । जसमध्ये एक हो कपाल धेरै र्झनु ।

किटो आहारले किन र्झछ कपाल ?

किटो आहारको फाइदासँगसँगै नोक्सानी पनि धेरै छ । किटो डाइटले एकातर्फ वजन घटाउन फाइदा पुर्‍याउँछ भने कपाल र्झने जस्तो समस्या पनि यसले निम्त्याउँछ । तर, किटो डाइट प्रयोग गर्ने सबैलाई यस्तो समस्या हुन्छ भन्ने चाहिँ होइन । जसले यसको सही प्रयोग गर्छन्, उनीहरुमा कपाल र्झने समस्या देखिँदैन । यसको प्रयोग गर्न नजान्नेहरुमा मात्रै यस्तो समस्या देखिने गर्छ । कपाल र्झने अरु पनि कारणहरु तल प्रस्तुत गरिएको छ ।

तनाव

किटो डाइटका कारण मानिसहरुमा तनाव सिर्जना हुने गर्छ । यसको साथ आफ्नो जीवनशैलीमा केही बदलाव ल्याउनु जरुरी हुन्छ । यदि पूरा निद्रा लिन नसकेको बेला र उपवासको समयमा यस्तो डाइटको प्रयोग गरेमा उल्टै समस्या सिर्जना गर्छ ।

यस्तो अवस्थामा हाम्रो थाइराइड ग्रन्थीमा गडबडी हुन्छ । जसका कारण हाम्रो एड्रेनालाइन ग्रन्थी प्रभावित गर्न सक्छ । यहाँसम्म कि यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा समेत कमी ल्याउने गर्छ । जसका कारण पनि हाम्रो कपाल र्झने गर्छ ।

यसको रोकथामका लागि पनि धेरै उपायहरु छन् । त्यसमा सबैभन्दा सजिलो र महत्वपूर्ण उपाय हो आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु । यसबाट बच्नका लागि हामीले हाम्रो जीवनशैलीमा थोरै भएपनि बदलाव ल्याउँदै जानुपर्छ । किटो डाइटको प्रयोग गर्नेहरु दैनिक कम्तिमा ७ देखि ८ घण्टासम्म सुत्नुपर्छ । एक दिनमा केवल एक वा दुई कप कफीको सेवन पनि गर्नुपर्छ ।

पर्याप्त मात्रामा प्रोटिन आवश्यक

पर्याप्त मात्रामा प्रोटिन नपाउँदा पनि किटो डाइट प्रयोग गर्नेहरुका कपाल र्झने सम्भावना हुन्छ । त्यसैले प्रोटिनको प्रयोगमा पनि ध्यान दिनुपर्छ । जबकी प्रोटिनको कमीका कारण कपाल र्झनु एक अर्काे पनि कारण हो । यसको लागि पनि किटो डाइट प्रयोग गर्नेहरुले प्रोटिनको मात्रा बढाउनु पर्छ । प्रोटिनको मात्रामा कमी भएमा मानिसमा कुपोषण हुने गर्छ । जसका कारण पनि कपाल र्झने गर्छ ।

भिटामिन र मिनरल्सको कमी

एक अध्ययनले भिटामिन, मिनरल्सको कमी र कपालको स्वास्थ्यसँग किटो डाइटको सम्बन्ध देखाएको थियो । जसमा प्रतियोगीहरुको कपाल पातलो हुनमा जिंक जस्ता एसिडको प्रयोगको कमीका कारण भएको पाइएको थियो । त्यसैले पनि कपाल र्झने समस्याबाट मुक्ति पाउनका लागि भिटामिन र मिनरल्सको सन्तुलन मिलाउनु पर्छ ।

यसबाहेक बायोटिनको कमी, आफ्नो दिनचर्यामा बदलाव जस्ता सुधारबाट हामीले कपाल र्झने समस्या मुक्ति पाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment