Comments Add Comment

अब नीतालाई आफ्नै ब्यानरको भर

चलचित्रमा काम पाउनु र दर्शकले पत्याउनु फरक हो । कलाकारको नाममै चलचित्र निकै कम विक्ने नेपालमा असफल चलचित्र दिएर पनि कलाकारले काम पाइरहेका छन् । नायिका नीता ढुंगाना अहिले नयाँ चलचित्र ‘माया’को तयारीमा छिन् । यो चलचित्रलाई उनी आफैले नै निर्माण गर्न लागेकी हुन् ।

चलचित्रमा उनको जोडीको रुपमा कोशिष क्षेत्रीले काम गर्दैछन् । नीताले अभिनय गरेका २ चलचित्र बर्षको मध्य भागसम्म रिलिज भैसकेका छन् । दुबै चलचित्रमा उनी सह–नायिकाको रुपमा देखिइन् ।

‘साइनो र रातो टिका निधारमा’को हालत खराब भयो । दुबै चलचित्र बक्स अफिसमा नराम्रोसँग पिटिए । यतिमात्र होइन, चलचित्रको प्रचारमा पनि नीता ओझेलमा नै परिन् । ‘साइनो’मा भन्दा ‘रातो टिका निधारमा’मा उनी अझै ओझेलमा परिन् ।

यो चलचित्रको प्रचारमा नव–नायक अंकित शर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह नै हाबी थिए । एकातिर, चलचित्र असफल हुनु अर्कोतिर प्रचारमा पनि खासै नदेखिनु, नीताका लागि हिट हुने अपेक्षा गरिएको ‘रातो टिका निधारमा’मा काम गरेर खासै फाइदा भएन ।

यसैले, निरन्तर असफल चलचित्र बक्स अफिसमा आउँदा नीता आफै पनि निराश त पक्कै छिन् । उनलाई, अब आफैले बनाउन लागेको चलचित्रमाथि नै आश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment