Comments Add Comment

‘सरौतो’मा सुमीको लोभलाग्दो एक्सन

नेपाली चलचित्रले नायिकालाई केन्द्रिय भूमिकामा कमै मात्र चित्रित गर्छ । तर, पछिल्ला बर्षमा केही नायिकाले केन्द्रिय भूमिकामा काम गरेर सिंगो चलचित्र सम्हालेका छन् । चलचित्रको पर्दामा नायिकाले एक्सन गरेको कम देखिन्छ । तर, कात्तिक २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’मा नव–नायिका सुमी मोक्तानको एक्सनले मन लोभ्याउन सक्छ ।

यो चलचित्रको ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलरमा सुमी हाबी छिन् । उनले, चलचित्रका लागि खुबै मिहिनेत गरेको ट्रेलरबाट पनि वुझ्न सकिन्छ ।

हरि हुमागाँइको निर्देशनमा बनेको चलचित्रमा सुमीको अलवा सन्नी सिंह, विजय लामा, आमिर गौतम, यूवराज लामा, अरुणा कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । लक्ष्मी कुमारी तामाङ निर्माता रहेको चलचित्रमा श्री महर्जन सह–निर्माता छन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको एक्सन छ ।

यो चलचित्र रिलिजपछि सुमी एक्सन नायिकाको रुपमा उदाउने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment