+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
६४ बलमा ७९ रन आवश्यक
लुम्बिनी लायन्स 2025
66/3 (9.2)
Shares

विमानस्थल तोडफोडको आरोपमा सांसद पक्राउको राजपाद्वारा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १७:५२

२८ असोज, काठमाडौं । विमानस्थलमा तोडफोड गरेको आरोपमा पार्टीका नेता पक्राउ परेकामा राष्ट्रिय जनता पार्टी नेपालले विरोध जनाएको छ ।

सोमबार जनकपुर विमानस्थलमा वुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले राजपा नेता तथा सर्लाही १ बाट निर्वाचित सांसद प्रमोदकुमार साहलाई पक्राउ गरेको थियो ।

राजपाले सामान्य घटनालाई पनि अतिरञ्जित बनाई साहलाई पक्राउ गरिएको आरोप लगाएको छ । कहिल्यैं समयमा नआउने जहाजहरुको मनोमानीविरुद्ध बोल्दा पक्राउ गरिएको राजपाको दावी छ ।

‘माननीय सांसदलाई अविलम्ब रिहा गरी एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं’ अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?