Comments Add Comment

दुई दिनमा हुण्डीको १३ लाखसहित दुई भरिया पक्राउ

२८ असोज, विराटगर । दुई दिनमा हुण्डीको १३ लाख रुपैयाँसहित प्रहरीले दुई जना भरीयालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार १० लाख र मंगलबार दुई लाख भारतीय रुपैयाँसहित विराटनगरबाट दुई जना भरीयालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले १० लाखसहित विराटनगर महानगरपालिका–४ स्थित कञ्चनबारी चोकबाट सुनसरीको बर्जु गाउँपालिका–३ बस्ने २४ वर्षिय उमाकान्त रायलाई पक्राउ गरेको हो । उनको साथबाट विभिन्न बैंकको चेकबुक पनि भेटिएको छ ।

मंगलबार विहान विराटनगर महानगरपालिका–१५ भन्सार कार्यालयको २ नम्बर ढाटबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनी अवैध दुई लाख भारतीय रुपैया“सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुबैजना भरिया हुन् । रायको कनेक्सन विराटनगर कञ्चनबारीमा सञ्चालित गणपति मनिट्रान्सफरसँग छ । भारतीय नागरिकको भने खुलेको खुलेको छैन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय सुनसरीको इटहरी पठाइएको डिएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment