Comments Add Comment

छापामा आज : गुणस्तर परीक्षणको १ करोड मूल्य बराबरको सुन विभागबाटै गायब

२९ असोज, काठमाडौं । प्रसारण लाइन निर्माणका लागि नेपाल–भारतबीच भएको सहमतिदेखि क्रिकेटर पारस खड्कालले कप्तानीबाट लिएको बिदा, माननीयहरूको गिर्दो साख,अपराध, अनियमिततालगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

यौन दुव्र्यवहारको आरोपपछि अदालतमा म्याद थपका लागि उपस्थित गराइएका निवर्तमान सभामुख कृष्णबहादुर महराको तस्वीर छापेको कान्तिपुरले प्रसारण लाइन बराबरी लगानीमा निर्माण गर्न नेपाल–भारत सहमत बनेको लेखेको छ । नेपालमा उत्पादित बिजुली अन्य मुलुकमा लैजान महत्त्वपूर्ण मानिएको ४ सय केभी क्षमताको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको हो ।

समाचार अनुसार, भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकलले सोमबार प्रसारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेका छन् । बराबरी स्वपुँजी भएको कम्पनी स्थापना गरी प्रसारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको समाचारमा लेखिएको छ ।

मुलुकभरका डिभिजन वन कार्यालयहरूमा खटिएका डिभिजनल वन अधिकृत (डीएफओ) संघीय सरकारमातहत तानिएको भन्दै कान्तिपुरले त्यसको आलोचना गरेको छ । नयाँ वन ऐनअनुसार कार्यालय प्रमुख नै संघमा फिर्ता भएपछि प्रदेश सरकारमा गएको अधिकार खोसिएको समाचारमा उल्लेख छ । योसँगै सातवटै प्रदेशका ८४ डिभिजनल वन कार्यालय प्रमुखविहीन बनेका छन् ।

कान्तिपुरले लेखेको छ– कर्मचारी समायोजनका बेला डीएफओहरूलाई प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राखेर जिल्लाहरूमा खटाइएको थियो । राष्ट्रपतिबाट सोमबार वनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरणपछि कानूनी रूपमै डीएफओहरू संघमातहत आएका हुन् ।

गुणस्तर परीक्षणका लागि संकलन गरिएको एक करोड रुपैयाँको सुन गायब भएको तथ्यको खुलासा पनि आजको कान्तिपुरले गरेको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्काललीन वाणिज्य तथा आपूर्ति विभागलले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायव भएको हो ।

विभागले ०६९ देखिख अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमूना संकलन गरेको थियो । त्यसरी संकलन गरिएको सुनको गहना परीक्षणपछि व्यवसायीलाई नै फिर्ता गरिनुपर्ने भए पनि विभागबाटै गायब भएको हो ।

अन्नपूर्णले ‘मान गुमाउँदै माननीयहरू’ शीर्षक दिएर निवर्तमान सभामुख तथा सांसदहरूको अपराधबारे केलाएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment