Comments Add Comment

नेपाल–भारत–चीन साझेदारीको आधार बन्दैछ : प्रचण्ड

२९ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन् ।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताए । यो भ्रमणका धेरै आयात छन्, त्यसको एउटा महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत भएको उनले बताए ।

राष्ट्रपति सी भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक दिन छलफल गरेर नेपाल आएका थिए । आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको स्मरण गर्दै उनले भने, अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ ।’

टु प्लेस वान भनेर राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच छलफल हुन थालेको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment