
Photo Credit : फाइल तस्वीर
२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको सम्मेलनमा हुलदंगा सुरु भएको छ ।
सम्मेलनको बन्दसत्रमा कोषाध्यक्षको प्रतिवेदन पेश भएपछि प्रतिनिधिहरुले हुलदंगा सुरु गरेका हुन् । प्रतिनिधिहरुको एक समूहले कोषाध्यक्षको प्रतिवेदनमा चित्त नबुझेको भन्दै आय व्यय विवरण पारदर्शी नभएसम्म निर्वाचन गर्न नपाइने बताएका छन् ।
असन्तुष्ट पक्षले नाराबाजी गरिरहेका छन् । सम्मेलनमा बुधबार साँझ ७ बजेदेखि मतदान हुने भनिएको थियो । तर यही विवादले मतदान सुरु हुन सकेको छैन । प्रहरीले हस्तक्षेप गरेर प्रतिनिधिहरुलाई लाइनमा राखे पनि असन्तुष्ट समूहले लाइनमा बस्न मानेका छैनन् ।
एनआरएनएका प्रवक्ता भुषण घिमिरेले फर्जी प्रतिनिधि छन् भन्ने उजुरी परेपछि छानबिन गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । फर्जी मतदाता नदेखिएकाले अब केहीबेरमा मतदान सुरु हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4